विराटनगर, विराटनगर महानगरपालिकामा शनिबार देखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले १४ दिनका लागि लकडाउन गर्ने निर्णय भएको हो ।
विराटनगरमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।
शुक्रबार जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।








