काठमाडौं, कोरोना संक्रमित ६५ वर्षिया महिलाकोे पाटन अस्पताल ललितपुरमा मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशक डा. विष्णु शर्माले जानकारी दिएका छन् ।
उनका अनुसार ललितपुरकै स्टार अस्पतालमा कोरोना पुष्टि भएपछि उनलाई साउन ६ गते पाटन अस्पताल रेफर गरिएको थियो । ललितपुर थसिखेलका बासिन्दा मृतक महिलालाई निमोनियाको समस्या रहेको थियो ।
ललितपुरमा एकजनाको मृत्युसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । यसअघि पर्सामा बिहिबार र शुक्रबार बिहान गरी तीनजनाको सङ्क्रमणबाट मृत्युको पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचारार्थ ६५ वर्षीय वृद्धाको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।








