जेष्ठ १९,२०८३ / ०१ : ४० पूर्वान्ह / 2026-06-02 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      गण्डकी प्रदेशमा बिहीबार ३८ संक्रमित थपिए, कुल संख्या १४७९ पुग्यो

      - ५ वर्ष अगाडि
      श्रावण १५,२०७७

      काठमाडौं, बिहिबार गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

      क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परीक्षणमा गण्डकीमा थप ३८ जनामा कोरोना पुष्टि भएको हो ।

      नयाँ संक्रमितमा स्याङजामा ११, तनहँुमा ३, कास्कीमा १४, लमजुङ ३, नवलपरासी पूर्वमा १ र बाग्लुङमा ६ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिएका छन् । कोरोना संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन लैजाने तयारी गरीएको छ । 

      प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार २ सय ३० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

      गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ७२ रहेको छ । प्रदेशमा संक्रमण भएका १ हजार ४ सय ३५ मध्ये अहिलेसम्म १ हजार ३ सय १० पुरुष र १ सय ७३ महिला रहेका छन् ।

      गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङका १, गोरखाका १, स्याङजाको वालिङका १ र आँधिखोला गाउँपालिकाको पञ्चमुलका १ पुरुष रहेका छन् ।

        सम्बन्धित समाचारहरु