वैशाख ८,२०८३ / ०२ : ४७ अपरान्ह / 2026-04-21 02:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रहरी मुख्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुग्यो

      - ५ वर्ष अगाडि
      श्रावण १५,२०७७

      काठमाडौं, प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

      यसअघि आइतबार, सोमबार र मंगलबार गरिएको परीक्षणमा ३१ र बुधबार ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा थप ९ जना प्रहरीका कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।

      संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताए ।

      संक्रमित सबैलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य छ ।

        सम्बन्धित समाचारहरु