जेष्ठ १९,२०८३ / ०१ : ४० पूर्वान्ह / 2026-06-02 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      सिंहदरबारमा कर्मचारीको कोरोना जाँच

      - ५ वर्ष अगाडि
      श्रावण १४,२०७७

      काठमाडौं, सरकारले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने मुख्य नाका साँगा र थानकोटमा पीसीआर चेकजाँच सुरु गरेसँगै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत परीक्षण सुरु गरेको छ ।

      पछिल्ला दिनहरूमा काठमाडौँमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहँदा सरकारले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत पीसीआर परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरेको हो । काठमाडौंमा भाइरस फैलिएपछि सिंहदरबारभित्रका कर्मचारीको नमूना स्वाब संकलन गरी बुधबारदेखि पिसिआर परीक्षण सुरू गरिएको हो ।

      काठमाडौं उपत्यकाभित्र मंगलबार ५३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । तीमध्ये २३ जना प्रहरी रहेका छन् । विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, सवारी चालक र बाहिरी मान्छेको सम्पर्कमा रहने करिब सात सय कर्मचारीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएका छन् ।  

        सम्बन्धित समाचारहरु