वैशाख ८,२०८३ / ०३ : २२ अपरान्ह / 2026-04-21 03:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सोमबार काठमाडौंमा थप ६ जनामा कोरोना, उपत्यकामा कुल संख्या ४२३ पुग्यो

      - ५ वर्ष अगाडि
      श्रावण १२,२०७७

      काठमाडौं, सोमबार काठमाडौंमा ३ र ललितपुर जिल्लामा थप ३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ । योसहित काठमाडौंमा कोरोनाका कुल संक्रमितको संख्या २८८ पुगेको छ ।

      सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जना र स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएकोे बताए ।

      यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंज प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

      योसहित काठमाडौंमा कोरोनाका कुल संक्रमितको संख्या २८८ पुगेको छ । ललितपुरमा संक्रमितको संख्या ८६ पुगेको छ भने भक्तपुरमा ४९ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा कोरोना पुष्टि हुनेको कुल संख्या ४२३ पुगेको छ ।

      पछिल्लो २४ घण्टामा देशभरी १३९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७५२ पुगेका छ ।

      पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

        सम्बन्धित समाचारहरु