काठमाडौं, सोमबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएकाहरु काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना गरी सोमबार ९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म काठमाण्डौ उपत्यकामा ३५३ जना संक्रमित भएका छन् ।
सोमबार नेपालमा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित १६ हजार ९४५ पुगेको गौतमले जानकारी दिए ।
यस्तै आज १७०५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् अब नेपलमा निको हुनेको संख्या १० हजार २९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ८५६ हजार पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३ हजार ४७० र आइसोलेसनमा ६ हजार ६१३ हजार रहेका छन् । ५२५ जना रेड जोनमा रहेका छन् ।








