काठमाडौं, आइतबार थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यस्तै सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । भने अहिलेसम्म नेपालमा ८ हजार ५८९ निको भइसकेका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो कूल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता गौतमले बताए ।
उनका अनुसार गएको २४ घन्टामा ३ हजार ९१६ पीसीआर परीक्षण भएका छन् । पछिल्लो विवरणअनुसार ८ हजार १७४ जना आइसोलेसनमा र देशभर २३ हजार ७८४ जना क्वारेन्टाइनमा रहेका छन् ।








