जेष्ठ १९,२०८३ / ०१ : ३८ पूर्वान्ह / 2026-06-02 01:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      बझाङ पहिरो अपडेट : २ को शव भेटियो

      - ५ वर्ष अगाडि
      असार २०,२०७७

      बझाङ, शनिबार बिहान गएको पहिरोमा पुरिएकामध्ये दुई जनाको शव भेटिएको छ । मृतकहरुको सनाखत भएको छैन । सात जना अझै बेपत्ता छन् ।

      सो पहिरोमा परी १८ घर पूर्ण रुपमा बगाएको र दुई वटा घरमा क्षति पुगेको छ । गाउँमा ४० परिवारको बसोबास रहेको छ ।

      बझाङको केदारस्यु गाउँपालिका–८ मेल्लेखीमा शुक्रबार राति गएको पहिरोका कारण १७ घर पुरिँदा कम्तिमा २० जना बेपत्ता भएको स्थानीयको भनाई छ । केरास्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा बस्तीमाथिबाट आएको पहिरोले बस्तीका धेरै घर पुरेको गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले बताइन् ।

      त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ । घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ । पहिरोले बझाङका थुप्रै स्थानमा सडक र पुल भत्केका छन् ।

      घटना स्थलसम्म पुग्न अझै कम्तिमा ३ घण्टा लाग्छ’ उपाध्यक्ष धामीले भनिन्, ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित गाउँपालिकाको टोली बाटोमै छौँ ।’ उनले पहिरोमा पुरिएर घाइते भएकाहरुको उद्धारका लागि हेलिकोप्टर मगाउन पहल भइरहेको बताइन् ।

        सम्बन्धित समाचारहरु