काठमाडौं, बिहीबार नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३४ जनामा जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ४८ जना महिला रहेका छन् भने ३८६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ हजार १४२ जना महिला र १० हजार २० जना पुरुष गरी देशभर ११ हजार १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै १९ महिला र २९३ पुरुष गरी ३१२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म २१६ महिला र २ हजार ४३४ पुरुष गरी २ हजार ६५० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








