काठमाडौं, मंगलबार नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । नयाँ थपिएका २० महिलासहित २३० पुरुष रहेका छन् ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबारसम्म नेपालमा बिहिबार १ सय ८७ जना डिस्चार्ज भएका छन् । नेपालमा डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ भने नेपालको ७२ जिल्लामा फैलिएको कोरोनाले । हालसम्म १५ जनाको मृत्यु भएको छ ।








