जेष्ठ १९,२०८३ / ०२ : ५८ पूर्वान्ह / 2026-06-02 02:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      लकडाउन खुकुलो पार्ने बारे आजै निर्णय हुन्छ : प्रधानमन्त्री

      - ५ वर्ष अगाडि
      जेष्ठ २८,२०७७

      काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पार्ने बारे आज बस्ने मन्त्रिपषिद बैठकले गर्ने बताएका छन । 

      प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।  प्रधानमन्त्री ओलीले लकडाउनले कठिन बनाएको सामाजिक जीवन सहज तुल्याउने गरी निर्णय गर्ने तयारी गरेको  जानकारी दिए ।

      त्यो संगै कोभिड(१९ संक्रमण परीक्षण गर्न निजी क्षेत्रलाई दिने र नदिने विषयमा पनि आजै निर्णय हुने समेत जानकारी दिए । त्यस्तै विद्यार्थीको पठन–पाठन सञ्चालन र परीक्षाको तयारीका विषयमा पनि ठोस निर्णय हुने बताए ।

      भारत लगायतका अन्य देशहरुबाट फर्काउनै पर्ने अवस्थामा रहेका नेपालीलाई क्रमशः ल्याउने व्यवस्था गरिने पनि प्रधानमन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो पार्ने बारे निर्णय गर्ने बुझिएको छ ।

        सम्बन्धित समाचारहरु