काठमाडौं, आफ्नै शरीरमा आगो लगाउने अस्पतालका कर्मचारीको मृत्यु भएको छ । जागीरबाट निकालिएपछि सोमबार बिहान आफ्नै शरीरमा आगो लगाउँने बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको हो । उनले जागिरबाट निकालिएकै कारण शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेको आशंका गरिएको छ । अस्पताल परिसरमै आफ्नो शरीरमा आगो लगाएका २७ वर्षीय सिद्धार्थ आउजीको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत १२ जेठमा अस्पतालले उनीसहित अन्य ३२ जना कर्मचारीलाई सेवाबाट हटाएको थियो ।








