काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १० पुगेको छ ।
पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो उनी ५ दिन अगाडि भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बस्दा स्वास्थ्य श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि समस्या देखिएको र मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।








