जेष्ठ १,२०८१ / १० : ४२ पूर्वान्ह / 2024-05-14 10:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरि मनाईंदै

      - १ वर्ष अगाडि
      भाद्र ११,२०७९

      काठमाडौं, युवाकवि मोतीराम भट्टको जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदैछ । साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरूले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन् ।

      राष्ट्रिय विभूतिसमेत रहेका भट्टको  वि.सं. १९२३ भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसीकै दिन जन्म भएको थियो । नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्धमा पनि कलम त्यत्तिकै बलियो चलेको थियो । कुशेऔंसीका दिन जन्मेका उनको १९५३ सालको कुशेऔंसीका दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो । श्रृंगार रसलाई केन्द्रबिन्दुमा राखेर उनले गजल रचना गरेका थिए ।

      युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । उनको साहित्य रचना मात्र नभई पत्रकारितामा पनि हात चलेको पुराना साहित्यकारहरू बताउँछन् । उनले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए । तत्कालिन समयमा गरेको उनको योगदान नेपाली साहित्यमा अतुलनिय छ ।

        सम्बन्धित समाचारहरु