केही होइन जस्तो
अक्षरहरु छन् शब्द बन्दैन
शब्दहरू छन् वाक्य नै बन्दैन
तारा झरेको रात अनयास शब्द आयो
ओहो
त्यसपछि शब्द फुट्नै सकेन
चट्याङ परेको साँझ फेरी अर्को शब्दु फु९यो
ओहो ओहो
कहालीलाग्दो थियो त्यो क्षण
बगैंचामा सुन्दर फूल ढकमक्क फूलेको दिन
फेरी उही शब्द रसायो
ओहो मनले अर्को पटक भित्रैबाट पनि भन्यो
आहा
सधैं त्यही फूल जस्तै जीवन कहां हुन्छ र
कहिले काही जीवनमा परेको चट्याङ्ग
अरुले कहां अनुभूति गर्छन् र
उट्पट्याङ्ग गफ जोतेको दिन र कापीका गह्रामा
अक्षर खोपेको क्षण
कत्ति धेरै फरक कत्ति कत्ति
सफा सरल बाटोको यात्रामा लागेको ठेस
संझिदा एकै क्षण उठेको आवेग
शब्दमा कहां व्यक्त होला र
शब्द अक्षरकै वरीपरि घुमिरहन्छ
वाक्य आफ्नै मस्तिष्क वरीपरी घुमिरहन्छ
तैपनि बन्न सक्दैन एउटा मिठो कविता
सधैं पढ्न पाउने इच्छा हुंदा हुंदै
बर्ष दिन वितेको पत्तै हुंदैन
फूलहरु कतिखेर माटोमा विलिन हुन्छन्
केही थाहा नै नभई
कविताको नयाँ संस्करण बजारमा आउंछ
नसोचेका विम्बहरू काल्पनिक बजार सुहाउँदो
कभर पेज
भारी मूल्यमा लुकेको अर्थ
किनेर पढ्न नसकिने विवशताजस्तै
परनिर्भरताको खेती गरेर गहिरो खाल्डोमा हराए जस्तै
विचरा मेरो सानो संसार र
शब्द खोजीमा लागेको म