चैत ६,२०८१ / १२ : ३८ पूर्वान्ह / 2025-03-20 12:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      साहित्यकार मदनमणी दीक्षितको निधन

      - ५ वर्ष अगाडि
      श्रावण ३०,२०७६

      काठमाडौं, साहित्यकार मदनमणी दीक्षितको आज निधन भएको छ । दीक्षितको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सन्ताका रूपमा गैरीधारा, काठमाडौंमा जन्मिएका थिए । उनको साहित्यिक विकासमा ठूलो योगदान रहेको छ ।

      उनको पहिलो रचनाका रूपमा वि.सं. २०१९ मा रूपरेखामा ‘कसले जित्यो कसले हार्‍यो’ शीर्षक कथा प्रकाशित भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदि विधामा चर्चित रहे ।

      उनका प्रकाशित केही कृति 

      १. माधवी (उपन्यास, वि.सं. २०३९)

      २. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)

      ३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)

      ४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)

      ५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)

      ६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)

      ७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्

      ८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ

      ९. कसले जित्यो कसले हार्‍यो? (कथा संग्रह, वि.सं २०२१)

      १०. दशलाख हिरोसिमातिर

      ११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)

      १२. जीवन महाअभियान

      १३. ऋग्वेद: केही प्रमुख सूक्त (२०६५ वि. सं.)

      उनले साप्ताहिक पत्रीका समीक्षा को सम्पादक भएर काम गरे भने उनका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन् ।

      बि. सं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो । उनले लेखनाथ साहित्य पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान आदिबाट सम्मानित भएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d