कार्तिक ३०,२०७६ / ०३ : ३६ पूर्वान्ह / 2019-11-16 03:36 am

        सुब्बा कृष्णलालसम्बन्धी अनुसन्धानात्मक कृति प्रकाशित

        - २ हप्ता अगाडि
        श्रावण ११,२०७६

        काठमाडौं,  डा. भूपहरि पौडेलद्वारा अनुसन्धित एवं सम्पादित कृति कृष्णलाल अधिकारी र ऐतिहासिक मकैपर्व शीर्षकको कृति लोकार्पण गरिएको छ ।

        चावहिलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुस्तक विमोचन गरे। उनले नेपाल अहिलेको अवस्थामा आइपुग्न सुब्बा कृष्णलाललगायत धेरै शहीदको योगदान रहेको धारणा राखे । नयाँ पुस्ताले उनीहरूको योगदान भुल्न नहुने उनको भनाइ छ । कार्यक्रममा कांग्रेसका नेता लक्ष्मण घिमिरे, अधिवक्ता रामचन्द्र वियोगी, प्राध्यापक दुर्गाप्रसाद अर्याल र प्राध्यापक कुमारप्रसाद कोइरालाले कृतिबारे धारणा राखे ।

         सम्पादक पौडेलले २०३५ सालदेखिको अनुसन्धानले कृतिको रूप लिएको जानकारी दिए । पुस्तकमा आफूले अनुसन्धानका क्रममा भेटेका विभिन्न तथ्यका साथै सुब्बा कृष्णलालका विषयमा विभिन्न विद्वानका सामग्री राखेको उनले बताए ।

          सम्बन्धित समाचारहरु