नेपालको ग्रामीण सामाजिक परिवेश भित्र रहेको महिला उत्पीडनको वास्तविक चित्रण नाटक गन्तब्यजसलाई नाटककार शुशीलाशर्माले मनको पर्दाबाट उघारेकी छिन् ।
अझै पनि नेपाली समाजमा रहेको बालविवाह र त्यसको सेरोफेरोमा आर्थिक उत्पिडनका कारण महिलाहरुको जीवन कसरी नरकीयभइरहेको छ भन्ने विषयवस्तुलाई मुख्यआाधार बनाएर तयार पारिएको नाटकमा नाटककार शुशीलाले अन्य सामाजिक जटिलताहरु र वर्तमान नेपाली समाजमाआफ्ना सन्तानविदेशमा रहदा बृद्ध अवस्थामा रहेकाले पाउने समस्याहरुको उजागर गरेकी छन् । बृद्ध अवस्थामा हरेक मानिसको गन्तब्य अब बृद्धाश्रम नै हो त भन्ने प्रश्नपनियसले दर्बिलो सगँ उठाएको छ ।
गाउँघरको परिवेशलाई दृश्यमाउतारेर, गाउँघरमा बोलिने भाषा, लवजलाई पनिप्राथमिकतामादिएर एउटा मौलिक सृजनाको रुपमागन्तब्यआएको कुरामादुइमतहुन सक्दैन । अर्कोतिर यो नाटक नारीप्रधानहो भनेर भन्न सकिन्छ । नारीले नै बढी उत्पिडन सहेका र नारी नै उत्पिडक र उत्पिडनका प्रेरकको रुपमा प्रस्तुत गरिएकोले यो नाटकले पुरुषहरुबाट नारी पिडित छन् भन्ने मान्यतालाई पनिभत्काउनखोजेको छ ।
नाटकमा मुख्यभुमिकामा रहेका सान्नानी र श्रेयाले निकै नै दर्दनाक अवस्थाबाट गुज्रीनु पर्दछ । जसका कारण केही सामाजिक, आर्थिक हुदाँहुदै पनिउनीहरुको विरुद्धमा रहेका राम्री र सुमीना जस्ता चरित्र हरुको मुख्यभूमिका देखाइएकाले यो नाटक महिला विरुद्ध महिला नै छन् भन्ने एउटा उदाहरणको रुपमाआएको छ ।
जम्मा २६ जनापात्रहरु रहेको नाटकमा केही पुरुषहरुलाई महिलाहरुको अत्यन्तै सहयोगीका रुपमा प्रस्तुत गरिएको छ । सामाजिक समस्यालाई केन्द्रविन्दुमा राखेर लेखिएको नाटक भएतापनिमनोवैज्ञानिक चेतलाई पनिउत्तिकै सफलतापूर्वक उतारिएको छ । कथाभन्ने शेलीउत्कृष्ट रहदा रहदै पनिअलिहतारमा कथाभनिएको हो कीभन्ने अस्पष्टताका बाबजुद पाठकहरुका लागि यो नौलो स्वादहुन सक्छ ।
नाटकको अन्त्यतिर मुख्यपात्र सान्नानी कसरी समाजसेवीभइनभन्ने कुरा अलि सस्पेन्समा राखिएको छ तथापी सकरात्मकतामाअन्त्य गरेर नाटककार शुशीलाले पाठकलाई सकरात्मक सन्देश दिएकी छिन् ।
बजारमा अत्यन्तै धेरै मात्रामा पुस्तकहरु पाइरहेको अहिलेको स्थितिमा यो नाटक पढ्नु तपाइको समयको वर्वादीभने अवस्यहुने छैन । र नाटक कमै लेखिने अहिलेको समयमा यो एउटा नेपाली साहित्यको क्षेत्रकालागि योगदानकै रुपमा रहन सक्दछ ।