मंसिर ४,२०७६ / ०६ : १९ पूर्वान्ह / 2019-11-20 06:19 am

        आउ संगै नयाँ यात्रा गरौं नभन

        - ५ महिना अगाडि
        जेष्ठ २९,२०७६
        आउ संगै नयाँ यात्रा गरौं नभन 

        अब एक अर्काको भर परौ नभन 

        स्तब्ध भइसके चाहना छैन मेरो

        माया को डुङ्गा संगै तरौ नभन

        पेशा नै रहेछ तिम्रो माया लाउने 

        माया नै मायाले जीवन भरौ नभन

        थाहा पाए माया भन्ने के हो भनि

        बिर्सिएर नि संगै हामि मरौ नभन

        नारायण सरगम 

          सम्बन्धित समाचारहरु