आख्यानकार उमा सुवेदीको कथा संग्रह सयौ पुतली को काठमान्डौमा भएको एक कार्यक्रममा सार्वजनिकिकरण भएको छ ।
उक्त कार्यक्रममा पुस्तकबारे बोल्दै आन्विका गिरिले समाज ब्यवस्था विरुद्ध कथा संग्रहले अनेकौ प्रश्नहरु गरेको बताइन् । त्यस्तै अर्का साहित्यकार यूग पाठकले पुरुषहरुले र पृतृसतात्मक समाजले निरन्तर महिलाहरुको ब्यवहारको अवलोकन गरिरहेको कुरा कथा संग्रहमा प्रस्तुत भएको उल्लेख गरे ।
कार्यक्रममा पुस्तकबारे बोल्दै अभिनास श्रेष्ठले उमा सुवेदीका कथाहरु इतिबृत्तात्मक खालका रहेका र कथाहरु एकदमै शक्तिशाली रहेको बताए । यसैगरी अर्का बत्ता माया ठकुरीले पुस्तकको बाहिरी आवरणले नै धेरै कुरा भनेको बताइन यसका साथै उनका पात्रहरु साधारण तर शक्तिशाली रहेका र महिलाहरुले पुतली मात्र भएर रहन नहुने कुरा उल्लेख गरिन् ।
साहित्यकार उमा सुवेदीका यो भन्दा अगाडि तोदा र इति उपन्यास प्रकाशित भइसकेका छन् ।