सृजनाको घरभित्र घाम पाए हुन्थ्यो,
सधैभरी पुष माघको याम आए हुन्थ्यो,
त्यही घामको न्यानो तापी तापी बस्ने थिएँ,
मृत्यूपछि त्यही घामको ठाम पाए हुन्थ्यो ।
घर भित्रको एउटा कोठा झरी भए हुन्थ्यो,
कोेठाभरी बसन्तकी परी भए हुन्थ्यो,
त्ही झरीको प्यार लिइ लिइ बाच्ने थिएँ
सागर काट्दा सगँ सगैँ तरी गए हुन्थ्यो ।
शिर थाप्ने सिरानी नै सगर भए हुन्थ्यो,
गरीब दुःखी सबैको त्याहाँ नजर भए हुन्थ्यो,
दीन दुःखीको ब्यथा बाँडी बाँडी बस्ने थिएँ
जाँदाखेर सुख भेट्ने अधर रहे हुन्थ्यो ।
छाती मेरो नेपालीको माटो भए हुन्थ्यो,
मानविय पित्रहरुको बाटो भए हुन्थ्यो,
त्यही माटोमा सिंचाइ गरी गरी बस्ने थिएँ
अन्त्यमा म नै दुःखीहरुको साटो गए हुन्थ्यो ।।