मंसिर २,२०८२ / ०४ : ०५ अपरान्ह / 2025-11-18 04:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बाबा बस्नेतले ल्याइन् सेतो फरिया

      - ६ वर्ष अगाडि
      पौष ३०,२०७५

      काठमान्डौ, लामो समय देखि साहित्यक क्षेत्रका विविध विधामा कलम चलाउदै आएकी बाबा बस्नेतले नयाँ खण्डकाव्य सेतो फरिया लिएर आएकी छिन् । 

      उक्त खण्डकाव्यको काठमान्डौमा आयोजित एक समारोहमा नेकपा का अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्डले विमोचन गरे । 

      सेतो फरिया माथि टिप्पणी गर्दै डा. राम प्रसाद ज्ञवालीले उक्त काव्यमा लेखिका बाबा बस्नेतले जीवनका विविध आयामहरुको विम्ब हरु प्रस्तुत गरेको बताए । पुस्तकमा रमाइलो सगँ आफ्नो बाल्यकाल विताइरहेकी नायीका ठूलीको जीवनमा उसको भाइ जन्मिएपछि आउने परिवर्तन, भाइको आगमनपछि परिवारले उनलाई गर्ने तिरस्कारको वर्णन गरिएको छ । त्यसैगरि उनको विवाह पछि उनले जड्या लोग्नेसगँ बस्नुपर्दा भोगेका दुःखका कुराहरुलाई पनि समेटिएको छ । 

      काव्यको उत्तरार्धमा उनको श्रीमानको मृत्यू हुन्छ त्यसपछि उनलाई समाजले गरिएको विभेद र अन्त्यमा उनले समाजसगँ गरेको विद्रोहले काव्यमा विशेष भूमिका खेलेको छ । यसका साथै काव्यमा विभीन्न राजनैतिक आन्दोलनहरु र खासगरी महिला अधिकारका लागि भएका आन्दोलनहरुको बारेमा पनि ब्याख्या गरिएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d