धेरै दिन भइसक्यो
चोकको तातो चिया पसलमा
उसकै चर्चाको बिहानी
ब्यूझिएको
धेरै दिन भइसक्यो
मौन खटपट रातहरु ऋनिदो
बसेको
संविधानको कुनै अनुसूचि
उपस्थित छैन त्याहाँ
कुनै वेदको महावाणी
आईपुगेको छैन
महिनौ भईसक्यो
ऐया मरे भन्ने चित्कार लिएर
हवा हरेक झ्यालबाट
छिरिरहेछ
मान्छे ब्युझिरहेको छ
मानव समवेदना मस्त
निन्द्रामा छ
पालै पालो हाजिर हुन्छन्
रातै पिच्छे
दुइचार हुल बाँचेर मरेका
लासहरु
घोप्टिन्छन् ब्यबस्थाको आलो
घाउ माथि
गिजोल्छन् मानव
अधिकारका छातीका
पिलाहरु
उङ्न पनि दिदैनन् रजवती
साझलाई पनि
इसरी नै बित्दैछन् धारा
प्रवाहित रातहरु
इो चोकको एउटा निरीह
चौतारो
न उसको नागरिकता छ न
कुनै उसको ठेगाना
ऊ आज गर्भवती भएको छ
उसले लोकतन्त्रको भुँडी
बोकेको छ
कुम्लाउदै गरेको उसका
यौनाङ्गहरुले
गणतन्त्रलाई गिज्याई रहेको
छ
पक्कै जन्माउछ उसले
धेरै दलको एउटा सिङ्गो
बच्चा
तर थाहा छैन
अब त्यो चौतारो कुन
पार्टीको हुने हो ?
सनाखत गर्ने कुन ब्यवस्था
हुने हो ?
त्यो बच्चाले कुन दर्जाको
नागरिकता पाउने हो ?
प्रज्वल पुकार








