धनकुटा, साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित कृति ‘जीवन काँडा की फूल’ मा बनेको फिल्म चैत २२ गते देशैभर एकैसाथ प्रदर्शनमा आउने भएको छ ।
शारीरिक रूपमा अपांगता भएकी ३८ वर्षीया घिमिरेले फिल्ममा भएका त्रुटिहरु फिल्मकै रुपमा बुझिदिन आग्रह गरेकी छिन् । फिल्ममा झमकका साथै रिजिता बुद्धचार्य, अवस्था थापा, झमककी आमा उमा गिरी, बुवा कृष्ण सुनुवारको मुख्य भूमिका रहेको छ । फिल्मको लागत ६५ लाख रहेको निर्माता विनोद विष्टले जानकारी दिए । बोलीे र हात तथा अन्य शारिरीक रुपमा अशक्त झमकले लेखनलगायत काम गर्न खुट्टाको सहायता लिने गर्नुभएको छ।
झमकको कृति ‘जीवन काँडा की फूल’ले २०६७ सालमा मदन पुरस्कार पाएको थियो ।








