सुन्दर नेपालको ब्यथा
पुर्वको त्यो अन्तु डाडाँ
उत्तरका ती पहरा
माझौना रह्याकी इन्द्रावती
कर्णाली ती अप्सरा
सगरमाथाको शिखर झैँ बनी कन
रह्याको मेरो आगन
रातो त्यो सूर्य सेलाउन सक्ला अब
केही सहयोग मागन
सेता सेता हिरा जसोगरी कन
टल टल टल्किन्या हिमाल
सुन्दर, शान्त, बिशाल भई रह्याको
मेरो देश नेपाल
ज्यूदै स्वर्ग घुम्न चाहान्छौ भने तिमी
रारा पुगी आउनु
बुद्धको शान्ति चाहान्छौ भने तिमी
नेपालमा धाउनु
हिमाल गए चौरीहरु,
पहाड गए झरनाहरु
बली चढाउन परे चढाउ
नत्याग सभ्यता बरु
बुद्धका ती पहिला पाइलाहरु
खोज्दै छन् शान्तिहरु
खोज याहाँ ती श्रमका खोलाहरु
विदेश नजाउ बरु
यो सानो विचित्र चक्र संसारमा
नेपाल हाम्रो निधी
जल्दै होलिन बोक्सिको आरोपमा
तराई की दिदी
कुरी रहेका होलान् ती हिमालीहरु
अन्न आउला भनि
पुरीरहेका होलान् तराइबासीहरु
बाढी गएर पनि
पुस्कर देवकोटा (जुम्ला)








