वैशाख ७,२०८३ / ०९ : ०० पूर्वान्ह / 2026-04-20 09:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      कला र गलाले जिवन्त छन् स्वरसम्राट नारायण गोपाल

      - ७ वर्ष अगाडि
      मंसिर २०,२०७५

      काठमाण्डौ, संगित कला भनेको यस्तो चिज हो जसरी मानिसलाई खानाको आवश्यकता पर्छ । त्यस्तै गरी संगितको पनि उत्तीकै आवश्यक पर्छ । जसले आफ्नो गलाको माध्यमबाट दर्शक र श्रोताको मनमा  बस्न  सफल हुन्छन् । त्यसकै एउटा ज्वलन्त उदाहरण हो स्वर सम्राट नारायण गोपाल । 

      २०१६ देखि गुञ्जीरहेको नारायण गोपलाको स्वर उस्तै कर्णप्रीय छ । जतिबेला नारायण गोपालले गाँउदा ताकाको थियो । अनि उतिकै माधुर्य छरीरहेको छ नेपाली सांगीतिक क्षेत्रमा । कारण हो मनै छुने शब्द अनि संगीतबाट बनेका गीत मौलिक अनि जादुगर स्वरका धनी स्वरसम्राट नारायण गोपालको सुमधुर आवाज ।

      नेपाली सांगीतिक इतिहासमा एकपछि अर्का गीत दिन, सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मंसिर १९ गते २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ । सृजनशिलता र गुणस्तरियतालाई माया गर्ने स्वाभिमानि गायक नारायण गोपालको गीतको शब्द छनौट संगितको गहनता र दर्शक स्रोताको मन बुझ्न सक्ने उनी अदभुत क्षमताका कारण नै उनका गीत जीवन्त छन् । 

      वि.सं १९९६ असोज १८ मा काठमाडौमा मा जन्मिएका उनी २० बर्षको उमेरबाट आफ्नो संगीत यात्रा सुरु गर्दै यो क्षेत्रमा प्रवेश गरेका थिए । उनका कर्णप्रिय गीतहरु ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुपर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु’, ‘यो मुटुलाई कसरी सम्झाइबुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाए, सबै गीत त्यति नै उचाइका छन् । 

      नेपाली सांगितीक क्षेत्रमा कहिले तिर्न नसक्ने गुण लगाएका नारायन गोपालले वि.सं २०४७ साल मंसिर १९ गते कहिले नर्फकिने गरी सबैलाई छोडेर गए । नारायण गोपालले गाएका गितलाई सबै उमेरका दर्शक श्रोताले मन पराउँछन् । नेपाली गित संगितमा प्रवेश गर्ने जो काहीले पनि नारायण गोपालको योगदानलाई मनन गर्ने मात्रै होइन, आफू पनि उनी जस्तै बन्ने सपना देख्ने गर्दछन् ।। त्यसैले उनी युगौँ युगसम्म जिवन्त छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d