वैशाख ७,२०८३ / ०९ : ४८ पूर्वान्ह / 2026-04-20 09:48 am
      • param ad
      • furniture
      • veera Incorporation

      भट्टराईका दुईवटा भजनसङ्ग्रह बजारमा

      - ७ वर्ष अगाडि
      मंसिर ८,२०७५

      काठमाडौँ, गीतकार कुमार भट्टराईद्वारा लिपिबद्ध दुई भजन सङ्ग्रह ‘शिव लिला’ र ‘अग्रता काली’ सार्वजनिक गरिएको छ । 

      नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले शुक्रबार यहाँ आयोजित कार्यक्रममा दुवै कृति विमोचन गर्नुभएको हो । दुबै भजन सङ्ग्रह हिन्दूधर्मसँग सम्बन्धित नेपाली भजन हुन् । 

      ‘शिव लिला’ एल्बममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्माग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एल्बममा मनोजराज शिवाकोटी, ईश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ । दुवै एल्बममा छ÷छवटा गीत समावेश छन् । सबै गीतमा बिजु बज्रको सङ्गीत रहेको छ । 

      विमोचित दुई कृतिसँगै गीतकार भट्टराईका एल्बम तीन पुगेका छन् । यसअघि उहाँले २०७१ मा ‘अग्रता’ नामक एल्बम बजारमा ल्याएका थिए  । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d