काठमाण्डौ, एक्सिसेबल आर्टस एण्ड कल्चर एसिसिएसीले नेपालमा अन्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
काठमाण्डौको होटल याक एण्ड यतिमा डिसेम्बर ११ देखि १४ तारिखसम्म हुने सम्मेलनमा विभिन्न १० देशका कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन् । नेपालको कला संस्कृति विदेशमा प्रवद्र्धन गर्ने र विदेशका कला संस्कृतिलाई नेपालमा पनि सम्मान गर्ने सम्मेलनको मुख्य लक्ष्य रहेको छ ।
कार्यक्रममा आपङ्गता भएकाहरुको क्षमता पनि प्रदर्शन गरिनेछ । कार्यक्रमको मुख्य उद्देश्य भनेको अपाङ्गलाई पनि सपाङ्ग सरह सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ ।
फिनल्याण्डको संस्था एसिसिएसीको शाखाको रुपमा रहेको नेपालको कार्यालयले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा फिनल्याण्डबाट पनि उच्चस्तरीय अतिथी आउने दावी गरिएको छ ।








