चैत ३,२०८२ / ०४ : १७ अपरान्ह / 2026-03-17 04:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      साहित्यीक बहसमा देखेको देश

      - ७ वर्ष अगाडि
      असोज २०,२०७५

      लेखकको अगाडि बसेर उसकै लेखनीको बारेमा बोल्नु पनि निकै शाहासिक कार्य हो । र यस्तो शाहास वा दुस्साहासको प्रयोग मोहन मैनालीद्धारा लिखित देखेको देशमा सन्तोष पोखरेल ले गरेका छन् । 

      दशैको चटारोमा साहित्यीक पुस्तकमा बहस राख्नु पनि आफैमा बुकाहोलिक्सको अर्को दुस्साहास थियो जसले निरन्तर साहित्यिक कार्यक्रम चलाउदै आइरहेको छ ।  

      यति टिप्पणी गरेपछि बहसमै केन्द्रीत हुदाँ उपयुक्त होला । पुस्तकमाथी सन्तोष पोखरेलले गर्नुभएको टिप्पणीलाई यसरी प्रस्तुत गरिएको छ । 

      देखेको देश आफैमा नेपालको सामाजिक र भौगोलिक चित्रण गरिएको पुस्तकको रुपमा मैले लिएको छु । भूगोल र विकासलाई जनजिविका सगँ जोड्नु पर्छ भन्ने लेखकको कुरासगँ म सहमत छु । लेखकले करको विषयमा प्रष्ट पार्नुभएको कुरा चाही एकदमै सान्दर्भिक छ । सरकारले कर उठाउछ तर कर जनताको सुविधा दिइएको छैन भन्ने जुन विषय बस्तु उठाइएको छ यो अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ । लेखकको विधार्थी सृजनशिल हुनुपर्छ भन्ने विचार नेपाली विद्यार्थीका लागि धेरै नै उपयूक्त छ आजभोलि त झन उनीहरु हिंसामा लागेका छन् कहिले गाडी फोर्ने कहिले के ? दिमागमा चेतना भर्नुको सट्टा हातमा लाठी थमाइदिएपछि यस्तै हुन्छ भन्ने पुस्तकको सन्दर्भ पनि निकै चाखलाग्दो छ । 

      /pagegallery/2018100671.jpg

      पुस्तकको सबैभन्दा राम्रो पक्ष भनेको आफु जन्मेको ठाउँका लागि केही गर्नुपर्छ भन्ने हो । मैले पनि म जन्मेको ठाउँ खोटाङ्गमा गएर डेढ वर्ष काम गर्ने मौका पाउदा म पनि एकदमै खुशी छु । यस अर्थमा यो प्रेरणादायी पुस्तक हो । 

      हिंसाका कुराहरुका बारेमा पनि यो पुस्तकमा धेरै विषय समेटिएका छन् । हिंसाका रुप फेरिए पनि प्रवृति फेरिएन भन्ने मर्म देखिन्छ । लेखक आफै पनि पत्रकारीतामै लामोे समय लागेकाले पत्रकारको विषय पनि उठाइएको छ । लेखकले पत्रकारहरुले आफ्नो लागि भन्दा पनि समाजका लागि के गरे भन्ने ख्याल गनुपर्छ भन्ने भनाइमा जोड दिएका छन् । 

      नयाँ लेखकहरुका लागि पनि यो पुस्तकमा केही टिप्सहरु छन् जस्तै राम्रो लेख्ने मान्छेले कसरी राम्रो लेख्छ भन्ने कुरामा ध्यान दिदा राम्रो हुने कुरा उल्लेख छ । यो पुस्तक जीवनी सगँ सम्बन्धित नभएर यसले विषय वस्तुको सामाजिकरण गरेको छ जुन यसको एउटा सबल पक्ष हो । 

      नेपालका शासकमा परानुभूति (अर्काका कुरा महशुष गर्ने वानी) नभएर जनता र सर्वसाधारणले दुःख पाइरहेका छन् भन्ने लेखकको भावना सगँ म पनि सहमत छु । प्रेमपूर्वका पात्रहरुको नाम थर पनि जसरी प्रस्तुत गरिएको छ । अरु देशमा नपाइने बुद्धीजीवीका प्रकार नेपालमा रहेको उल्लेख गर्दै लेखकले मिठो ब्यंग्य गरेका छन् । 

      आलोचनात्मक रुपबाट हेर्दा यो पुस्तक देखेको देश भनेर शिर्षक राखेको भएपनि मधेषको बारेमा एउटा मात्रै लेख छ । यसले कसरी मधेषलाई समेट्न सक्छ भन्ने प्रश्न उब्जिन्छ । त्यसैगरि नेपाल परिचयमा भएका कुरा झुट्टा थिए भन्ने कुरा छ लेखकको यो कुरा सही होइन भन्ने लाग्छ । बरु अपुरा थिए भन्ने शब्द सहि हुन्थ्यो की भन्ने मेरो विचार हो । पुस्तकमा भएका केही भाषागत त्रुटी लाई छाड्ने हो भने अहिलेको समाजलाई चिन्न यो पुस्तकले केही भूमिका पक्कै खेल्छ भन्ने मलाई अनुभूति छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d