काठमाण्डौ, बलात्कारकाबिरुद्ध अभियान चलाउने यजिदी महिला नादिया मुराद र कङ्गोका डेनिस् मक्वेजलाई संयुक्त रुपमा नोवेल शान्ति पुरस्कार दिने घोषणा भएको छ ।
नोवेल समितिका अध्यक्ष बेरत रिज एण्डरसनका अनुसार अपराधबिरुद्धको लडाईका दुबै जनाले महत्वपूर्ण योगदान दिएको बताएका छन् । मुराद स्लामिक स्टेटका मिलिसियाको यातना र बलात्कारको शिकार भएकी थिइन् भने प्रसुतिबिज्ञ मुक्वेजले पीडितहरुको उपचार गर्दै आएका छन् ।
इराककी मुराद वजिदी कुर्दिस मानव अधिकार अभियन्ताका रुपमा परिचित छिन् । यस वर्ष नोवेल शान्ति पुरस्कारका लागि ३ सय ३१ व्यक्ति तथा संस्था नोमिनेशनमा परेका थिए । शान्तिमा नोबेल पुरस्कार वार्षिक रुपमा विश्वमा शान्ति क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई नर्वेजियन नोबेल समितिले प्रदान गर्दछ । नोबेल पुरस्कार रसायन विज्ञान, भौतिक शास्त्र, साहित्य, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो । जसलाई सन् १८९५ मा अल्फ्रेड नोबेलले स्थापना गरेका थिए ।








