चैत ३,२०८२ / ०४ : २० अपरान्ह / 2026-03-17 04:20 pm
      • param ad
      • furniture
      • veera Incorporation

      साहित्यमा नोबेल पुरुस्कारका हकदार बलात्कारी

      - ७ वर्ष अगाडि
      असोज १५,२०७५

      स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयनमा परेका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जीन–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । 

      स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ । 

      आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य रहेकी छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारको विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ । 

      बलात्कारको आरोप नोभेम्बर २०१७ मा उठेको थियो । स्वीडेनको दैनिक अखबार डाजेन्स न्यीटरले आर्नोल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर छापेको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d