इलाम,नायिका सोविता सिम्खडाको उपन्यास वराङ्गना लिएर बुलबुल पव्लिकेसन पूर्व दौहाडमा निस्किएको छ । असोज ५ गते विमोचन गरिएको उपन्यास लिएर पव्लिकेसन असोज १२ गतेबाट पूर्वका विभिन्न स्थानमा पुस्तक चर्चा एवम भेटघाट कार्यक्रम गरिरहेको छ ।
असोज १३ गते धरमपुर झापा, १४ गते विर्तामोड र फिक्कलमा पुस्तकको बिषयमा साहित्यकार एवम पत्रकारहरुसंग चर्चा गरिएको थियो । एक दर्जन नेपाली सिनेमामा अभियान गरेकी सिम्खडाको वराङ्गना पहिलो कृति हो । वराङ्गगना यात्रा २०७५ नाम दिएर सुरु गरिएको यात्रा पूर्वमा असोज २१ गतेसम्म हुने उज्यालो नेटर्वक कार्यक्रम संयोजक, अच्युत घिमिरेले बताए ।
दौहाडमा उपन्यासका लेखक सिम्खडा, बुलबुल पव्लिेकसनका अध्यक्ष ध्रुव केसी, उज्यालो नेटर्वकका कार्यक्रम संयोजक अच्युत घिमिरे र संचारकर्मी निराजन भण्डारी छन् । वराङ्गनाले उज्यालो खोज्न समाज र राज्य संग एउटी दलित युवती जुनकीरीको संर्घषको कथालाई उतारेको छ । ३ बर्ष लगाएर लेखिएको उपन्यासले एउटी दलित युवतीले ब्राहमण परिवारको केटासंग प्रेम गरेर समाजसंग संर्घष गर्दै आफुलाई कसरी अब्बल तुल्याउछे भन्ने कुरालाई प्रष्फुटित गरेको लेखिका सोविता सिम्खडाले बताइन् ।
पहिलो चरणमा पुर्वको विराटनगर, इटहरी, धरान, काँकडभिट्टा, झोराहटमा भेटघाट गरिनेछ भने दोश्रो चरणमा बर्दिवास देखि मकवानपुरको दाउन्ने, तेश्रो चरणमा रुपन्देही, पाल्पा, पोखरा हुँदै दाङसम्मको यात्रा गर्नेछ । त्यसैगरी अन्तिम चरणमा कर्णाली र सुदुरपश्चिममा चर्चा गरिने कार्यक्रम तय भएको छ ।








