प्यारो मान्छे, मेरो मूटु निचोरेर निस्किएको सम्पूर्ण प्रेम हजुरलाई । मेरो मनभित्रबाट निस्किएको मायाको मिठो भावना सबै हजुरलाई । अनी मैले आफ्नो हृदय घोप्ट्याएर गर्ने आफ्नोपनरुपी मायाको न्यानो बर्को सधैँ सधैँ हजुरलाई ।
नभनी नहुने बिशेष कुरा त केही थीएन तर चुप लागेर मन बाँध्न पनि सकिन । खै किन हो, हुन त हामिबिचको साइनो केही पनि छैन । मैले यसरी हजुरसमक्ष आफ्ना मनका केही कुरा व्यक्त गरीरहँदा हजुरलाई झर्को लाग्ला, कता कता रीस पनि उठ्ला अथवा अगाध प्रेम र श्रद्धा गर्ने व्यक्तिले मनमा लागेका कुरा भन्न पाँउने अधिकार छ भनेर सामान्य रुपमा नैँ लिनुहुनेछ । परिणाम जे भए पनि हजुरसंग निकट हुन चाहने मनको चाहनालाई अंकुश नलगाएको मात्र, आफैँभित्र हजुरलाई समाहित गराउने मनको चाहनालाई उजागर गरीदिएको मात्र ।
बाहिर रोडमा कसैको मोटरसाईकल गुड्दा अनी कोहि अफिसको ढोकाबाट भित्र पस्दा बारम्बार उतैतिर हुत्तिने मेरा नजरलाई सोधे हुन्छ प्रतिक्षाको पल कस्तो हुन्छ ? मैले गरेको कल हजुरले रिसीभ नगर्दा र अरु बेलाको जस्तो जवाफि कल पनि नआएको यो पललाई सोधे काफि हुन्छ की तिरस्कारका अगाडी प्रतिक्षा कत्ति जब्बर हुन्छ ? अनि हजुरको पर्खाईमा मन बिछ्याएर अहिले यो घडीमा जतिबेला म हजुरलाई मनभरी सजाएर यो पत्र लेख्दैछु मेरा रुझेका नयन र भक्कानिएको मनलाई यदि कसैले नजिकबाट बुझ्न सक्छ भने उसैसंग सोधे पुग्छ की प्रीय व्यक्तिको प्रतिक्षामा मन कत्ति ब्यग्र बन्दो रहेछ भनेर ?
प्यारे, खै किन हो हिजोको र आजको म प्रतिको हजुरको व्यबहारमा फरकपन महसुस गर्न थोलेकी छु । हजुरको अगाडी मेरो उपस्थिती हजुरलाई झनझटिलो लागे जस्तो महसुस गर्न थालेकी छु । हजुरको दैनिकि प्रतिको मेरो खोजीनिती झिज्याहट लाग्दो ठान्न थाल्नुभएको प्रत्यक्ष अनुभव गर्न थालेकी छु । के म साँच्चै हामि २ बाहेक अर्को तेस्रो व्यक्ति सहभागि भएको बेला बोल्नै नमिल्ने गरी नालायक, असभ्य छु त ? के म संग हजुर अरु व्यक्तिसंग जस्तै बोल्दा कसैले हजुरको चरीत्रमा नैँ दाग लगाउने पो हुन् की भनेर सशंकित बन्नु पर्ने गरीकी चरीत्रहिन छु त ?
कालु,

रमाउन्जेल रमाएर आ-आफ्नै संसारमा फर्कीनु पर्ने हाम्रो बाध्यता संग म पनि परिचित छु । तर खै किन हो रमाउने सहभागी भन्दा पनि बढी सुख दुख साट्न मिल्ने अभिन्न मित्र ठान्दछ मेरो मन हजुरलाई । मेरो मन हजुरसंगै रहिरहने चाहना राख्छ । मिल्ने भए हेरी हेरी आँखैले निलेर आफुभित्रै लुकाईरहु जस्तै ठान्दछ । मैले हजुरलाई सम्झिएर यी लेखाईमा डुबीरहदा कति पटक भाबुक भए मलाई नै थाहा छैन । हुन त मैले नसम्झिएको क्षण नै पो कति बेला होला र ? दिनमा त दिनमा रातमा पनि सपनीमा समेत नदेखेको रात हुदैन । त्यसैले त सपनालाई सम्झनाको तरङ्ग भन्न रुचाउछु म ।
प्यरो मान्छे
रिसयरै तिम्ले बोल्दा अथाह प्रेम पाउन मन छ
खुसि हुने लालसा र जीवनको मित लाउन मन छ
मरी मरी जीउनु भन्दा खुसी जीवन छाउन मन छ
तिमै ओंठको मुस्कान चिहाई बांकी जविन धान्न मन छ
मेरा मनका कुरा उल्लेख गरेर हजुरलाई आफुतर्फ आकृष्ट गर्न बाध्य पार्ने मेरो नियत होइन न त हजुरलाई आफुभित्रको पिडाको गहिराई नै छाम्न बाध्य पार्ने मेरो नियत हो । म जे छु छदैछु र हजुर पनि आफ्नै संसारमा रमाउन स्वतन्त्र हुनुहुन्छ । तर खै किन मेरो मन हजुरमाथि अलिक बढी अधिकार जमाउन खोज्छ । यति धेरै अधिकार जमाउन खोज्नु, साना साना कुरामा निहुँ खोज्नु बच्चाले जस्तै घुर्की देखाउनु, हजुरले रिसाएर मलाई बेवास्ता गर्दा अनी मेरो अनुहारै हेर्न नपरे हुन्थ्यो भन्ने प्रस्ट झल्को आउने गरीको व्यबहार देखाएको जान्दा जान्दै पनि म्याँउ म्याँउ गर्दै हजुरको वरीपरी घुम्नु, अनी हजुर आफ्नो वरीपरी नहुँदाको क्षण आफुलाई एक्लो ठान्दै हजुरको आगमनको ब्यग्र प्रतिक्षामा आँखा टट्याउन्जेल बाटो हेरी रहनु सायद् आफ्नोपन यहि होला । मेरो मन हजुरप्रति सर्मपित भएर नै यी यस्ता अस्वाभिक व्यबहारहरु देखाउने गर्दछु जसले हजुरलाई असहज बनाएको छ ।

मनभित्र धेरै कुराहरुले तछाड मछाड गरीरहेका छन् । लेख्दै गए बिताब बन्न बेर लाग्दैन । यसर्थ, आजको काम गर्दै बचेको समयमा हजुरको दर्शन समिप्यता नपाएर भोकाएको मनलाई शब्दका तानले अल्झाउने दुष्प्रयासलाई बिट मार्न लाग्दैछु । पुन : एक पटक बिनम्रता पूर्वक अनुरोध गर्न चाहान्छु आजसम्म मेरो कारणले जे जति असमझदारीहरु बढे ति सबैको लागि माफि माग्दै मेरो प्रस्तुती गलत भयो होला तर प्रबृत्ती गलत होइन अरुका कुरा सुनेर मलाई बिश्लेषण गर्ने भन्दा आँफैले अनुभव गरेर बिश्लेषण गर्नुभयो भने मभित्रको पिडाको गहिराई अझै बढ्ने थिएन । हजुरलेनै भन्नु भएको होइन रिसाएपछिको भेट मिठो हुन्छ भनेर ? हो ... त्यही सुखद मिलनको आशामा संधै रहिरहने छु सुखद मिलनको आशाका साथ आजको यो बसाई बाट बिदा चाहान्छु ।
कति आए अझै आउलान जिबन मा मिल्ने साथी
तर तिमि मेरो लागि मेरै सन्तान भन्दा माथि
मेरो मनमा तिम्रो स्थान कसैले नि छुने छैन
जस्तो सुकै परिक्ष्य लेउ तिम्रो बाहेक हुने छैन ।
धन्यवाद, नमस्कार








