चैत ३,२०८२ / ०४ : १९ अपरान्ह / 2026-03-17 04:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भक्तपुरमा गीति नाटक कुलत

      - ७ वर्ष अगाडि
      असोज ८,२०७५

      भक्तपुर, विद्यालयमा अध्ययनरत किशोर किशोरीहरु कतिबेला कुलतमा पर्छन् भन्ने जानकारी लिन अभिभावकले चुके त्यसको परिणाम नकारात्मक रहन्छ भन्ने सन्देशका साथ गीति नाटक “कुलत”को प्रोमो आज भक्तपुरमा रिलिज गरिएको छ ।भक्तपुर सूर्यबिनायकस्थित रोसम इङ्गिल बोर्डिङ स्कुलमा आज सञ्चारकर्मी माझ कुलतको प्रोमोको रिलिज गरिएको हो ।विद्यालय जाने समय र विद्यालयपछि फिर्ता हुने समयमा परिवारले आफ्ना सन्तानको समयमको रेखदेख गर्न नसक्दा कलिला बिद्यार्थी कुलतमा फस्न सक्ने सन्देशका साथ यो गीति नाटक निर्माण गरिएको निर्माता लोकेन्द्र अर्यालले जानकारी दिए ।

      सन्तानको भबिष्यलाई सोचेर अभिभावकले खाइ नखाइ आर्जन गरेको पैसाले आफ्नो सन्तानलाई विद्यालय पठाउने र भविष्यको सोचलाई साकार पार्ने सपना बुनेता पनि सन्तान कुलतमा फसेपछि ती सबै सपना त चक्कनाचुर हुन्छन् नै लगानी समेत खेर जाने र समाजमा विकृति भित्रिने यो गीति नाटक कुलतले देखाउन खोजेको लेखक तथा निर्देशक लोकेन्द्र विश्वकर्मा चिदाकासले जानकारी दिए । साना नानीहरुको ब्यवहार र संगत कस्तो रहेको छ उनीहरुको अध्ययनको वातावरण कस्तो रहेको छ लगायत उनीहरुको दैनिकी व्यवहार प्रति अभिभावकले ध्यान दिन नसके त्यसको प्रतिफल सकारात्मक भन्दा नकारात्मक रहन सक्ने यो नाटकले देखाउन खोेजेको छ । 

      निर्माता अर्यालले रोसम इङ्गिल बोर्डिङ स्कुल साथै सिद्धिदास सेकेण्डरि स्कुलका साना साना नानिबाबुहरुको भूमिका रहेको यो गीति नाटक असोज १३ गते भक्तपुरको बाराही मुभिजमा बिहान ११ः३० मा प्रदर्शन गरिने जानकारी दिए ।गीति नाटकले वर्तमान समाजमा अभिभावक र बालबालिका बीच कस्तो सम्बन्ध रहनु पर्दछ  भन्ने बिषयलाई उजागर गरेको संयोजक राजीव बराइलीले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d