चैत ३,२०८२ / ०४ : १९ अपरान्ह / 2026-03-17 04:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीद्धारा लिखित पुस्तक ‘न्याय’ सार्वजनिक

      - ७ वर्ष अगाडि
      असोज ६,२०७५

      काठमाडौं, पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दवाव’ पर्न दिन नहुने स्पष्ट पारेकी छिन् । 

      शनिबार आफूद्धारा लिखित पुस्तक ‘न्याय’ सार्वजनिक गर्दै कार्कीले न्यायालयमाथि हुने हस्तक्षेपले लोकतन्त्रमाथि प्रश्न चिन्ह उठाउने पनि स्मरण गराइक्ष्न्  । विधिको शासनलाई मार्गनिर्देश गर्न पनि सरकारले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने पूर्व प्रधानन्यायाधिश कार्कीको तर्क छ ।

      कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले पूर्व प्रधानन्यायाधिश कार्कीलाई साहसी प्रधानन्यायाधिशको रुपमा चित्रण गरे । कार्की प्रधानन्यायाधिश नभएको भए भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्त बदर गर्न सक्ने अवस्था नहुने उनको दावी थियो । 

      पुस्तकमा कार्कीले प्रधानन्यायाधिशको रुपमा खेलेको भूमिकालाई केन्द्रमा राखेर न्याय सम्पादनका विभिन्न आयामको बारेमा चर्चा गरिएको छ । पूर्व प्रधानन्यायाधिश कार्कीले पुस्तकमा आफूले देखेको र भोगेको सत्य कुरा ओकल्ने प्रयास गरिएको पनि स्पष्ट पारेकी थिइन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d