चैत ३,२०८२ / ०४ : १७ अपरान्ह / 2026-03-17 04:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्वमन्त्री वाग्लेका दुई कृति सार्वजनिक

      - ७ वर्ष अगाडि
      भाद्र ३०,२०७५

      काठमाडौँ, पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी वाग्लेका दुई पुस्तक आज सार्वजनिक भएको छ । 

      कोसेली प्रकाशनले बजारमा ल्याएको ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्य : मेरो दृष्टि’ नामक पुस्तक नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज विमोचन गरेका छन् । सो अवसरमा सभापति देउवाले वाग्लेका कृतिले नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुगेको विचार व्यक्त गरे । 

      साहित्यकार वाग्लेका यसअघि दुई उपन्यास प्रकाशन भइसकेको छ । ‘बन्धनशालामा खीर’ २०७० र ‘बलिदानले बनेको देश’ २०७२ कृति बजारमा आएका थिए । ‘बहादुर शाह’ र ‘स्वाधीनताको युद्ध र भीमसेन थापा’ दुई कृति प्रकासोन्मुख रहेको विमोचन समारोहमा वाग्लेले जानकारी दिए । 

      कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, पूर्वसभामुख तारानाथ रानाभाट, नेताहरु अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, डा नारायण खड्का लगायतले पूर्वनेता वाग्लेको साहित्यिक जीवनको सफलताको कामना गरेका थिए । 

      कविता सङ्ग्रह ‘उज्यालोतिरको यात्रा’ को समालोचना गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका प्रा डा नेत्रप्रसाद न्यौपानेले कवितामार्फत साहित्यकार वाग्ले समसामयिक धाराका विशेष कविका नेपाली साहित्यमा उदाएको बताए । सङ्ग्रहमा पञ्चायती शासनकाल र प्रजातन्त्र पुनःस्थापनापछि लेखिएका २२ कविता सङ्ग्रहित छ । 

      समालोचना ग्रन्थ ‘नेपाली साहित्य ः मेरो दृष्टि’ माथि समीक्षात्मक मन्तव्य दिनुहुँदै त्रिभुवन विश्वविद्यालयकै अर्का प्रा डा नवराज कट्टेलले ग्रन्थमार्फत शक्तिवल्लभ अर्यालको ‘मेरो भकुण्डो’ पहिलो कविताका रुपमा स्थापित भएको बताए । यसअघि सुवानन्ददासले रचना गरेकोे कवितालाई नेपाली साहित्यमा पहिलो कविता मानिँदै आएको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d