चैत ३,२०८२ / ०४ : २० अपरान्ह / 2026-03-17 04:20 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘सेनानी सम्मान पुरस्कार’ बास्तोलालाई

      - ७ वर्ष अगाडि
      भाद्र १६,२०७५

      काठमाडौँ,  जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ । 

      ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिश समितिको सर्वसम्मतिबाट करीव पाँच वर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइरहनुभएका नेता बास्तोलालाई प्रदान गर्ने निर्णय गरिएको हो । 

      उहाँलाई प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पु¥याए वापत रु ५० हजार राशिको सो पुरस्कार प्रदान गरिने भएको हो । रु एक लाख एक हजार राशिसहितको “बीपी साहित्य सम्मान पुरस्कार” भने यस वर्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कार बीपी जयन्तीका अवसरमा बीपी ट्रष्टद्वारा यही भदौ २२ गते काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ । 

       

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d