चैत ३,२०८२ / ०४ : १८ अपरान्ह / 2026-03-17 04:18 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नीलम को

      - ७ वर्ष अगाडि
      भाद्र ११,२०७५

      यस वर्ष को मदन पुरस्कार नीलम  कार्की (निहारिका) को उपन्याश  “योगमाया” ले पाउने भएको  छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठक ले २०७४ सालमा प्रकाशित पुस्तकहरु मध्येबाट  नीलम कार्की निहारिका द्वरा लिखित "योगमाया" पुस्तकलाई मदन पुरस्कार प्रधान गर्ने निर्णय गर्यो ।

      यसअघि मदन पुरस्कारका लागि गुठीले श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरेको थियो। 

      जसमा योगमायासहित नयनराज पाण्डेको यार, सरस्वती प्रतीक्षाको नथिया, ध्रुवसत्य परियारको कैरन, मोहन वैद्यको हिमाली दर्शन, यज्ञशको भुइयाँ, तीर्थ गुरुङको पाठशाला, राज माङ्लाकको लिम्बुनी गाउँ सूचीमा परेका थिए।

      यीमध्येबाट योगमायालाई पुरस्कार दिने निर्णय गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले  जानकारी दिएका छन्।

      त्यस्तै गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार दिने निर्णय पनि गरेको छ।

      /pagegallery/2018082738.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d