चैत ३,२०८२ / ०४ : २१ अपरान्ह / 2026-03-17 04:21 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल स्रष्टा समाजले तीन जनालाई स्रष्टा सम्मान अर्पण गर्ने

      - ७ वर्ष अगाडि
      भाद्र ६,२०७५

      काठमाण्डौ,नेपाल स्रष्टा समाजले यस वर्ष स्रष्टा सम्मान तीन स्रष्टालाई अर्पण गर्ने भएको छ । 

      शास्त्रीय शैलीका रचनाकार स्व नारायणदत्त शास्त्रीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान, साहित्य र सञ्चारका क्षेत्रमा साधनारत् स्रष्टा सिर्जना शर्मालाई दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान र रमेश शुभेच्छुकलाई प्रसिद्ध कँडेल स्मृति युवा सम्मान गरिने समाजका पुष्पा खनालले जानकारी दिएका छन् । स्रष्टा शास्त्रीलाई मरणोपरान्त सो सम्मान अर्पण गर्न लागिएको हो । 

      उनीहरुलाई सम्मानपत्रसहित जनही रु ११ हजार १११ बाट पुरस्कृत गरिनेछ । उक्त पुरस्कार यही भदौ ३० गते समाजको साधारणसभाको अवसरमा प्रदान गरिनेछ । यसअघि समाजद्वारा स्थापित योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान नीलम कार्की र योगमाया न्यौपानेलाई तथा अभियन्ता राष्ट्रिय सम्मान वरिष्ठ इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो । समाजमा १६० स्रष्टा आवद्ध छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d