चैत ३,२०८२ / ०४ : १९ अपरान्ह / 2026-03-17 04:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विमान विद्रोह पुस्तकलाई कसरी लिन्छन् बाबुराम भट्टराइ र गगन थापा

      - ७ वर्ष अगाडि
      भाद्र ३,२०७५

      डा. बाबुराम भट्टराई : मैले पहिलो पटक दुर्गा सुवेदीजीलाई २०३४ सालतिर भेटेको हुँ । आज भेट्दा पनि उहाँको पोशाकमा कुनै परिवर्तन छोइन यसले उहाका शालिनता झल्काउछ । पुस्तकमा भनिएको र नेपालको इतिहासमा घटेको विमान अपहरणको घटनामा विमान अपहरण ठिक थियो की थिएन भन्ने कुरा निरपेक्ष रुपमा बहस गरेर निष्कर्षमा पुग्न सकिने विषय होइन । समय सापेक्षतामा हेर्दा यो सहि नै थियो भन्ने लाग्छ । मेरो विषयमा लेख्नुभएका धेरै कुरामा म दुर्गा सुवेदी सगँ सहमत छु । तर भारतले माओवादीलाई प्रयोग गर्यो भन्ने कुरामा मेरो सहमति छैन । यसका लागि म र प्रचण्ड छदैछौ कुरा के हो भन्ने बुझ्नलाई । वि. पी. को पनि धेरै कुरा छ यसमा । वि. पी. कोइरालाले राजतन्त्रसगँ मेलमिलाप गर्ने कुरा गरेका थिए त्यही विषयमा मेरा उहाँसग खासमा असहमति हो । म गणतन्त्र नआइ लोकतन्त्र आउदैन भन्ने विषयमा प्रष्ट थिए । 

      /pagegallery/201808192.jpg

      गगन थापा : दुर्गा सुवेदीले विमान विद्रोहमा आफ्नो कथा, आफ्नो समयको कथा भन्नुभएको छ ।  यो अति नै राम्रो कुरा हो यसका साथै कांग्रेस के हो भन्ने कुरा पनि गर्नुभएको छ । किन नेपाली काग्रेसले विमान अपहरण गर्ने सम्मको कार्य गर्नुपर्यो यो बहसको विषय हुनुपर्छ । नेपाली कांग्रेसले मात्र नभएर कम्यूनिष्टहरुले पनि विद्रोह गरे र उनीहरुले पनि विद्रोहबारे आफ्नो प्रष्ट धारणा ल्याउनु पर्छ । वि.पी. कोइरालाका विषयमा पनि कुरा उठेका छन् र आजका काग्रेसले तथा आम पाठकले पढ्नु पर्ने पुस्तक हो यो । मेरो दुर्गा सुवेदी सगँको यो पुस्तकमा असहमति के हो भने उहाले पटक पटक म कांग्रेस होइन भन्नुभएको छ । यो भनिरहन पर्ने थिएन । अर्कोतिर अहिलेको कांग्रेसले यो कुरामा मनन गर्न जरुरी छ की कांग्रेसका लागि विमान अपहरण गर्नेले किन म कांग्रेसी होइन भन्नु परेको छ । 

      /pagegallery/2018081930.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d