चैत ३,२०८२ / ०४ : १७ अपरान्ह / 2026-03-17 04:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन

      - ७ वर्ष अगाडि
      श्रावण २५,२०७५

      काठमाण्डौ,साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ ।

      २०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आएका दाहालको उपचारका क्रममा हिजो साझ निधन भएको हो । धापाखेलस्थित सुमेरु अस्पतालमा  निधन भएका उनको आज अन्यष्टि गरिदै  छ । दाहाल यज्ञनिधि नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित छन् ।

       २०१० सालमा खोटाङको खाल्लेमा जन्मिएका उनै दाहालले रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम चलाउथे । सोही कारण रेडियो जगतमा निकै नै लोकप्रिय थिए । २०३६ साल बाट २०५६ सालसम्म निरन्तर  सो कार्यक्रम चलाएका थिए ।

       दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना, अन्तवार्ता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा अतुलनीय टेवा पु¥याएका छन् । पछिल्लो समय उनी रेडियो अन्नपुर्ण नेपालमा कार्यक्रम चलाउदै आएका थिए । तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शब्दको सर्वव्यापी प्रयोगलाई उनलेनै रेडियो कार्यक्रम मार्फत विस्तार गरेका हुन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d