मंसिर २,२०८२ / ०४ : ०८ अपरान्ह / 2025-11-18 04:08 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सूर्याेदय भानु स्रष्टा सम्मान ठकुरीलाई

      - ७ वर्ष अगाडि
      असार २२,२०७५

      काठमाडौँ,  सूर्योदय भानु प्रतिष्ठानको आज बसेको वैठकले २०७५ सालको ‘सूर्योदय भानु स्रष्टा’ सम्मान कथाकार तथा बाल साहित्यकार माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरेको छ । 

      आदिकवि भानुभक्त आचार्यका नाममा स्थापित रू १५ हजार राशिको सो पुरस्कार प्रतिष्ठानले भानुजयन्ती अवसरमा यही असार २८ गते एसएबी विद्यालय मैतीदेवीमा प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष लक्ष्यबहादुर केसीले जानकारी दिनुभयो । 

      विसं २०५२ मा स्थापित प्रतिष्ठानले यस अगाडि सो सम्मान कृष्णप्रसाद प्रराजुली, दैवज्ञराज न्यौपाने, ज्ञानुवाकर पौडेल, डा चूडामणि बन्धु, तोया गुरूङ, शान्तदास मानन्धर, भवानी घिमिरे, रमेश विकल, दुर्गालाल श्रेष्ठ, गणेश रसिक, भानुभक्त पोखरेल, श्यामदास वैष्णव, मदनमणि दीक्षित, गीता केशरीलगायतलाई सम्मान गरिसकेको छ । 
       

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d