विराटनगर, कोशिप्रदेशको बेलबारीमा आजदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । मोरङको बेलबारी–१ स्थित तमू बुद्धिष्ट गुम्बामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुरु भएको चित्रकला प्रदशनि फागुन २० गतेसम्म चल्नेछ ।
प्रदशनिमा ललितकलाका सबै विधा समेटिन ३३ वटा मुर्तीकला ३० वटा हस्तकला ३० वटा लोक कला १५ वटा भन्दा धेरै फोटोग्राफी र परम्परागत कला ७ वटा गरी २ सय बढि चित्रकला प्रदशनिमा राखिएको कार्यक्रमका संयोजक संञ्जय वान्तावा राईले जानकारी दिएका छन् । उनका अनुसार प्रदशनिमा नयाँ र अनुभवि सबै खालका कलाकारलाई स्थान दिइएको छ ।
यस्तै उद्घाटन सामरोहमा ६० बर्ष माथीका ६ जनालाई ललितकला क्षेत्रमा निरन्तर योगदान पुराइरहेका अग्रज स्रष्टाहरुलाई दोसल्ल ओढाएर सम्मान गरीएको छ । ललितकला प्रदशनिको उद्घाटन गर्दै कोशि प्रदेशका मुख्यमन्त्रि हिक्मत कुमार कार्कीले ललितकलाको विकासका निम्ति कोशि प्रदेशमा प्रज्ञाप्रतिष्ठान चाँडै गठन गर्ने र कोशी स्तरीय प्रदशन गर्ने कक्षाका लागि जग्गा उपलब्ध गरी संञ्चालनमा ल्याउने प्रतिबद्धता गरेका छन् ।
उनले पर्यटन बर्ष २०८२ को लागि अन्तराष्ट्रिय कला कार्यशाला गोष्टि गर्ने समेत उनले बताएका छन्् । प्रदर्शनीमा कोशी प्रदेशका सबै जिल्लाबाट १५ हजारभन्दा बढी दर्शकहरू सहभागी हुने अनुमान आयोजकले गरेको छ । प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि प्रादेशिक ललितकला प्रदर्शनी गर्न थालेको हो । गत वर्ष कोशी प्रदेशका १४ जिल्लाका १४६ कलाकारहरूको सहभागिता थियो ।
यस्तै १२ जनाको विज्ञ टोलीले उक्त कलाको व्यक्तिगत रुपमा मूल्याङकन गरेर दिएको नम्बर जोडेर आएको योगफलको आधारमा पुरस्कृत हुने कला छनोट गरिने बताइएको छ । पुरस्कृत हुने हरेक विधाका उत्कृष्ट कलाकारले २५ हजार रूपैयाँका साथमा प्रमाणपत्र पाउनेछन् । प्रदर्शनीभरबाट उत्कृष्ट हुने एक जनाले ३० हजार रूपैयाँ र प्रमाणपत्र पाउने उल्लेख गरिएको छ । प्रदर्शनीबाट छानिएका कलाकृतिले राष्ट्रिय प्रदर्शनीमा सहभागी हुने मौका पाउने बताइएको छ । उक्त प्रदशनिको उद्घाटन समारोहमा विभन्न क्षेत्रका व्यक्तिहरुको राम्रै उपस्थिती रहेको थियो ।