भाद्र २३,२०८१ / ०९ : ५० पूर्वान्ह / 2024-09-08 09:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      मदन पुरस्कार २०७९ का लागि छनोटमा परेका उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

      - १ वर्ष अगाडि
      श्रावण २४,२०८०

      काठमाडौं, मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् ।

      श्रावण २४ गते बुधबार मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ सम्बन्धमा प्रेस विज्ञप्ति मार्फत् छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ। ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो ।

      वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो।

      छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् । यिनै पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार दिइनेछ ।

      मदन पुरस्कार गुठीले वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दशवटाको श्रेष्ठ सूची सार्वजनिक गर्ने गरेको छ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाइन्छ। श्रेष्ठ सूचीमा छनौट पुस्तक मध्ये एकलाई सर्वश्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार अर्पण गरिन्छ। २०७५ सालबाट पुरस्कार राशी चार लाख रूपियाँ रहेको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d