जेष्ठ २२,२०८० / ०६ : ४६ पूर्वान्ह / 2023-06-05 06:46 am

        ‘म यस्तो गीत गाउँछु २’को व्यापार राम्रो

        - १ वर्ष अगाडि
        फागुन १४,२०७८

        शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ व्यापार सुखद् भएको वितरक करण क्रेजीले जानकारी दिएका छन् । चलचित्रको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा पुगेका वितरक क्रेजीले बिहानी शोबाट नै दर्शकको उपस्थिति सुखद् रहेको बताए ।

        उनले भने, ‘काठमाडौंभित्रका अधिकांश हलमा चलचित्रले सुखद व्यापार गरेको छ । लामो समयपछि हलमा नयाँ चलचित्र लागेकाले पनि दर्शक फर्किन समय लाग्छ । तर, यो विषम परिस्थितिमा ओेपनिङमा दर्शकको उपस्थिति सुखद मान्नुपर्छ ।’

        चलचित्रको विषयमा प्रतिक्रिया बुझ्न हलमा पुगेकी अभिनेत्री पूजा शर्माले पनि दर्शकको मायाले खुसी लागेको बताइन् । ‘दर्शकले चाहनुभयो भने कसैको पनि केही लाग्दैन । हामीले आशा गरेको भन्दा राम्रो व्यापार भएको छ ’ उनले भनिन् ।

        निर्देशक सुदर्शन थापाले काठमाडौं बाहिरबाट पनि राम्रो रिपोर्ट आइरहेको बताए ।

          सम्बन्धित समाचारहरु