चैत ६,२०८१ / ०२ : ०० पूर्वान्ह / 2025-03-20 02:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      खै कहिले पलाउलान् ?

      - ४ वर्ष अगाडि
      भाद्र १३,२०७७

               'मानवता '

      रंगिन चस्मा लगाएर 
      असत्यको पदचाप पछ्याउँदै 
      मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
      हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा
      नैतिकता र ईमान्दारिताको
      खडेरी परेकाहरुमा
      खै कहिले पलाउलान् ?

      सकारात्मक सोचका पालुवाहरु !
      अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर 
      दरिद्र सोचाइहरुमा रमाएर छुद्र बोली बोल्दै
      भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै
      बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट 
      खै कहिले निस्किएलान् ? 

      महझैँ गुलिया शब्दहरु !!
      अन्यायको अँध्यारो सुरुङबाट 
      उद्दारको प्रतीक्षामा थरथरी काप्दै 
      सहारा मागीरहेका हातहरुलाई
      गरिबीले थकित भएकाहरूको आर्तनादलाई 
      सुमधुर संगीत सम्झिदै आनन्द मान्नेहरुले
      खै कहिले हटाउलान् ?

      वर्गीयताको तुलोमा जोखिने बिभेदहरु !
      मेहनत रोपी पौरख फलाउनेहरुमाथि रजाइँ गरेर
      हीनताबोधको हिलो छ्याप्दै 
      ठालु पल्टिनेहरुले
      आत्मीयतालाई कुल्चिदै अस्वस्थ प्रतिस्पर्धामा
      धनको गुलियो वरिपरि 
      फनफनी घुमिरहेकाहरुले
      खै कहिले चढ्लान् ?
      विवेकका अग्ला अग्ला शिखरहरू !!

        

      मुकुन्द कृष्ण थापा, खोटाङ

      (मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् )  

                                               


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d