मोरङमा करेन्ट लागेर दुई दम्पतीको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी श्रीमती ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो ।
भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।
विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।








