असार १४,२०७९ / ०८ : ५७ अपरान्ह / 2022-06-28 08:57 pm

        बाघको आक्रमणबाट दुई गैँडा मरे

        - एक हप्ता अगाडि
        फागुन ५,२०७८

        चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन्। एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन्।

         
        निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा मृतावस्थामा फेला परेका हुन्। 

        बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा मरेको आशङ्का गरिएको उनले बताए। माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ। ती गैँडाका खाग र खुर सुरक्षित रहेका छन्।
         
        चालु आर्थिक वर्षमा २७ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेका हुन्।  

          सम्बन्धित समाचारहरु