जेष्ठ ४,२०८१ / ०१ : ३७ पूर्वान्ह / 2024-05-17 01:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      महिला उद्यमीका सृजनालाई प्रदशन गर्न विराटनगरमा मेला

      - २ हप्ता अगाडि
      वैशाख १७,२०८१

      विराटनगर, महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरले उद्यमशिलतालाई अगाडी बढाउने उदेश्यले आगामि बैशाख १९ गते मेलाको आयोजना गर्ने भएको छ ।

      कोशी प्रदेशका महिला उद्यमीहरूको सिर्जना, उपलब्धि र संस्कृति झल्काउने खालका कुराहरु प्रदर्शन गर्ने उदेश्यले बुधबार दोश्रो पटक मेलाको आयोजना गर्न लागेको महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठले बताइन् । मेलाको उद्घाटन  महिला उद्यमी महासंघ नेपाल (एफविन) को अध्यक्ष शोभा ज्ञवालीबाट  हुनेछ । ज्ञवाली नेपाल रिपब्लिक मिडियाका सञ्चालक समेत हुन् ।

      अघिल्लो बर्ष गरीएको मेलाले उद्यमीहरुलाई व्यवसायिक कसरी बन्न सकिन्छ र आफुले उत्पादन गरेको सामानलाई सबै माझ कसरी चिनाउन सकिन्छ भन्ने कुरा राम्रैसंग सिक्न र बुझ्न सहयोग गरेको भन्दै दोश्रो पटक विराटनगरको होटल स्टन स्टारमा उक्त मेलाको आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताइन् । 

      यो पटकको मेलामा पहिलेको भन्दा धेरै कुरालाई समेटीएको छ । भने धेरै महिला उद्यमीहरुको सहभागिता रहने छ । उक्त बैशाख १९ गते आयोजना गरीने मेलाको उदेश्य, महत्व र आवश्यकता लगायतका बिषयमा महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठसंग चिनारी मिडियाले गरेको विस्तृत कुराकानीलाई यहाँ प्रस्तुत गर्दर्छौ ।


        सम्बन्धित समाचारहरु